आईजीपीमा कुँवर नियुक्त

आईजीपीमा कुँवर नियुक्त
फाइल तस्बिर।
सुन्नुहोस्

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा कुँवरले सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड प्राप्त गरेका थिए। उनले नेपाल प्रहरीको प्रवक्ताको रूपमा पनि काम गरेका छन्। स्नातकोत्तर तहसम्मको अध्ययन गरेका कुँवरले विभिन्न जिल्लामा रहेर जिल्ला प्रहरी प्रमुखको भूमिका सफल रूपमा निभाएका छन्।

काठमाडौं : नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आईजीपी) पदमा वसन्त कुँवर नियुक्त भएका छन्। कुँवरलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

२०४९ साल चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण शनिबार अनिवार्य अवकाश हुँदैछन्। सिंहसँगै एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीले पनि अनिवार्य अवकाश पाएका छन्। शनिबारदेखि रिक्त हुने उनको ठाउँमा एआईजी वसन्त कुँवरलाई नियुक्त गरिएको हो।

नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिलाई हटाउने विषयमा पटक–पटक चर्चा हँुदै आएको छ। हालका आईजीपी सिंह नेतृत्वको टोलीले पनि प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि हटाउनको लागि छलफल गरिरहेको थियो। सरकारले ३० वर्षे सेवाअवधि नहटाएपछि सिंह अनिवार्य अवकाशमा गएका हुन्। यसलगत्तै नयाँ आईजीपीमा कुँवर बढुवा भएका छन्।

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीपीको प्रतिस्पर्धामा थिए। तर, वरीयताको पहिलो नम्बरमा रहेका कुँवरले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन्।

अर्घाखाँचीको सन्धिखर्कमा बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट २०२६ सालमा जन्मिएका कुँवर नेपाल प्रहरी संगठनमा कुशल र क्षमतावान् प्रहरी अधिकृत मानिन्छन्। उनी २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। ३० वर्षे सेवाअवधि यथावत् नै रहिरहे कुँवर २०८१ चैत ४ सम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन्।

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा कुँवरले सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड प्राप्त गरेका थिए। उनले नेपाल प्रहरीको प्रवक्ताको रूपमा पनि काम गरेका छन्। स्नातकोत्तर तहसम्मको अध्ययन गरेका कुँवरले विभिन्न जिल्लामा रहेर जिल्ला प्रहरी प्रमुखको भूमिका सफल रूपमा निभाएका छन्।

उनले २०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजीको भूमिकामा काम गरेका छन्। एआईजीको रूपमा उनले गत बुधबार मात्रै जिम्मेवारी सम्हालेका थिए। डीआईजी हुँदा उनले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। संगठनमा हक्की र प्रस्ट स्वभावका प्रहरी अधिकृतको छवि बनाएका कुँवरले विभिन्न सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन्।

उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्रसंघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदकलगायत पदक प्राप्त गरेका छन्। यसका साथै जिम्मेवारी सही तरिकाले गरेको मूल्यांकन गर्दै ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कारसमेत प्राप्त गरेका छन्।

उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन्। श्रीमती लक्ष्मी पराजुली अध्यापन पेसामा संलग्न छिन्। कुँवर एसएसपीबाट डीआईजीमा बढुवा हँुदा पनि पहिलो नम्बरमा बढुवा भएका थिए। यस्तै डीआईजीबाट एआईजीमा बढुवा हुँदा पनि पहिलो नम्बरमै थिए।

कुँवरले आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्स, जमिनमुनिको विस्फोटक पदार्थ तालिम कुशलतापूर्वक पूरा गरेका छन्। यस्तै कोर्स अन ह्युमेनराइट्स एन्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूका लागि क्षमता निर्माण तालिम लिएका छन्।

कुँवरले संयुक्त राष्ट्रसंघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरेका थिए। उनले अपराध अनुसन्धान महाशाखामा हुँदा पूरा गरेको जिम्मेवारीलाई प्रहरी संगठनले समेत प्रशंसा गरेको थियो। उनले नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागसमेत सम्हालेका थिए। कुँवरले जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.