आस्थाको केन्द्र ‘विक्रम बाबा थान’

आस्थाको केन्द्र ‘विक्रम बाबा थान’
सुन्नुहोस्

चैत महिनाको औंसीदेखि पूर्णिमासम्म १५ दिन हुने पूजामा दिनहुँ दर्शनार्थीको भीड लाग्ने गरेको छ। बुधबारबाट पूजा सुरु भएको हो। विक्रम बाबाको मन्दिर बनाउन कयौंपटक प्रयास गरिए पनि सफल हुन सकेन।

चितवन : कसरामा रहेको चितवन राष्ट्रिय निकुञ्जको कार्यालयनजिकै एउटा सालको रूखमुनि माटोको थुम्को छ। न यहाँ कुनै मन्दिर छ, न त मूर्ति नै। तर, हरेक वर्ष यहाँ पूजा गर्ने दर्शनार्थीको भीड नै लाग्छ। सबैको विश्वास छ, ‘यहाँ विक्रम बाबाको बास छ। पूजा गरे मनोकांक्षा पूरा हुन्छ।’

वरिपरि काठका खम्बाले घेरिएको थान छ। यसैमा मानिसहरूको धार्मिक आस्था र महिमा बढ्दो छ। ती खम्बामा घण्टी तथा धजाहरू झुन्ड्याइएका छन्। पहिलोपटक पूजा गर्न पुगेकी नवलपुर कावासोतीकी कृष्णकुमारी भुसाल भन्छिन्, ‘धेरै सुनेपछि पूजा गर्न आएको हुँ। जंगलको बीचमा पूजा गर्न आउँदा मनै आनन्दित भयो।’

चैत महिनाको औंसीदेखि पूर्णिमासम्म १५ दिन हुने पूजामा दिनहुँ दर्शनार्थीको भीड लाग्ने गरेको छ। बुधबारबाट पूजा सुरु भएको हो। विक्रम बाबाको मन्दिर बनाउन कयौंपटक प्रयास गरिए पनि सफल हुन सकेन। विक्रम बाबाको मन्दिर निर्माण पूरा नहुँदै आफंै भत्किने गरेको स्थानीयको भनाइ छ। चैतेदसैंमा हजारौं भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपन्छीको बलि दिने गर्छन्।

यहाँ पूजा गर्नाले सन्तान नभएकाहरूलाई सन्तान प्राप्त हुने र सन्तान भएकाहरू दीर्घायु हुने विश्वास गरिन्छ। विक्रम नाम गरेका आदिवासी थारूका गुरु हुन्। ‘मन्दिर बनाउन धेरै प्रयास गरिए पनि सफल भएन। पूजा व्यवस्थापन समितिका सदस्य भवनाथ अधिकारीले भने, ‘विक्रम बाबा खासमा थारू जातिका गुरु हुन्, अहिले सबैको आस्थाको केन्द्र बनेका छन्।’

किंवदन्तीका अनुसार  विक्रमबाबा यस्ता अद्भुत क्षमताका व्यक्ति थिए। जसले जल, जमिन र जंगललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका थिए। वर्षांैदेखि बच्चाबच्ची नभएकाहरूको पनि विक्रमबाबामा आएर पूजाआजा गरेर स्मरण गरेपछि सन्तान प्राप्त भएकाविश्वास छ।  यसका अलावा घरपरिवारमा सुख, शान्ति, ग्रहदशा निवारणका लागि पनि विक्रमबाबालाई स्मरण गरिन्छ। यहाँ पछिल्लो समय भारतबाट पनि मानिसहरू आउने गर्छन्। पर्वतका प्रेम शर्मा लामिछाने हरेक वर्ष यहाँ पूजा गर्न पुग्छन्। ‘भगवान् भनेपछि दर्शन जहाँ पनि गरिन्छ। चितवन आउँदा यहाँ पूजा गर्न आउछु,’ उनले भने, ‘मेरो मनोकामना पूरा भएको पनि छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.