ब्याडमिन्टन कभर्ड हलको निर्माण सुरु, तीन रोपनी क्षेत्रफलमा संरचना बन्ने
दुर नपा-२ नागटारीमा तीन रोपनी क्षेत्रफलको जग्गामा निर्माणाधिन कभर्ड हलको आइतबार शिलान्यास गरिएको छ।
नुवाकोट : नुवाकोटमा व्याडमिन्टन कभर्ड हलको निर्माण सुरु भएको छ। जिल्लामा खेल क्षेत्रको विकास र खेलाडीहरुको संबर्द्धनका लागि ब्याडमिन्टन कभर्ड हलको आवश्यकता ठहर गरेर विदुर नगरपालिकाले ब्याडमिन्टन कभर्ड हलको निर्माण सुरु गरेको हो।
विदुर नपा-२ नागटारीमा तीन रोपनी क्षेत्रफलको जग्गामा निर्माणाधिन कभर्ड हलको आइतबार शिलान्यास गरिएको छ।
ब्याडमिन्टन कभर्ड हलको शिलान्यास गर्दै मेयर राजन श्रेष्ठले खेल, खेलाडी तथा खेल संरचनाको विकासमा नपाले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए। काठमाडौसँग जोडिएको नुवाकोटमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने नगरपालिकाको योजना रहेको पनि मेयर श्रेष्ठको भनाई छ।
पहिलो चरणमा ब्याडमिन्टन कभर्ड हलको लागि जग्गा सम्याउने र डीपीआर तयारका लागि कुल पाँचलाख ७७ हजार तीनसय ६६ रुपैयाँ लागत रहेको छ। उपभोक्ता समितिले एकलाख १६ हजार पाँच सय ६६ रुपैयाँ परिचालन गर्ने भएको छ।
विदुर नगरपालिकाले चार लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ। सो कार्य आगामी २०८० साल जेठ १५ गतेभित्र सम्पन्न हुने जनाइएको छ।