क्रिकेट खेलाडीलाई  सम्मान

क्रिकेट खेलाडीलाई  सम्मान
सुन्नुहोस्

महेन्द्रनगर : राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई गृह जिल्ला कञ्चनपुरमा सम्मान गरिएको छ।  बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिकाका, महेन्द्रनगरकै लिटिल बुद्ध एकेडेमी र बात्सल्य विद्या निकेतनले नगदसहित सम्मान गरेका हुन्। यहाँको भीमदत्त नगरपालिकाले जनही रु. १ लाख ५१ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। 

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले राष्ट्रिय टोलीमा रहेर विश्वकप क्रिकेटको छनोट चरणमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेको भन्दै खेलाडीलाई हौसला प्रदान गर्न नगरपालिकाले नगदसहित सम्मान गरेको बताए। ‘खेलकुदका माध्यमबाट राष्ट्रलाई महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ।’ उनले भने– ‘यो हाम्रो नगरपालिकाको पनि गौरवको विषय हो।’ त्यसैगरी महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले पनि खेलाडीद्वयलाई जनही रु. २५ हजारसहित सम्मान गरेको छ।  

विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनी र व्यवस्थापन समितिका अध्यक्ष प्रेम खातीलगायतले खेलाडीलाई  सम्मान गरे। लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्यामसिंह मौनीले खेलकुदका माध्यमबाट राष्ट्रलाई महत्त्वपूर्ण योगदान गर्ने कञ्चनपुरका खेलाडीलाई विद्यालयले हौसला प्रदान गर्न सम्मान गरेका बताए। बिहीबार नै कञ्चनपुरको बेलौरीस्थित बात्सल्य विद्या निकेतनले पनि खेलाडीहरूलाई सम्मान गरेको छ।  विद्यालयले उनीहरूलाई नगद रु. ४०÷४० हजारका दरले सम्मान गरेको हो।    

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन महत्त्वपूर्ण योगदान गरेकाले गृह नगर आएका बेला खेलाडीहरूलाई सम्मान गरेको विद्यालयका प्रिन्सिपल लक्ष्मण दियालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.