कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा बुढाथोकी

कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा बुढाथोकी
सुन्नुहोस्

काठमाडौंः कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका सञ्जय बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन्। 

शुक्रबार नेपाल विद्यार्थी संघसहित अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) विप्लव सहितका क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनबीच भएको सर्वपक्षीय सहमतीले नेविसंघका बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियू कार्यसमिति चयन भएको हो। 

समितिको उपाध्यक्षमा अखिल (क्रान्तिकारी) का सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा, सहसचिवमा शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियूका शैलन्द्र श्रेष्ठ चयन भएका छन्।

यस्तै सदस्यहरूमा नेविसंघकी शारती ढकाल, आशिश कार्की, प्रदिप कार्की, सन्तोष घर्तिमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, बिनिता फुयाल र अखिल (क्रान्तिकारी) विप्लवमा मिठु टमट्टा लगायत छन। 
निर्वाचित कार्यसमितिका सदस्यहरूलाई कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए।

नव निर्वाचित अध्यक्ष बुढाथोकीले कलेजको शिक्षाको गुणस्तर सुधार गर्न कलेज प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.