भीम रावलसँग संवाद गर्न विष्णु पौडेलको संयोजकत्वमा वार्ता टोली

भीम रावलसँग संवाद गर्न विष्णु पौडेलको संयोजकत्वमा वार्ता टोली
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौंः नेकपा एमालेका नेता भीम रावलसँग संवाद गर्न समिति गठन भएको छ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। जसको सदस्यहरूमा लेखराज भट्ट र कर्ण थापा रहेका छन्।

रावलले पार्टीको विधि विधान विपरीत कार्य गरेको भन्दै संवाद गर्न समिति गठन गरिएको पार्टी प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले बताए। संवादपछि मात्रै रावललाई आवश्यक जिम्मेवारी दिइने एमालेको तयारी छ।

एमालेका उपाध्यक्ष पौडेलले नेता रावललाई सच्चिन आग्रह गरेका थिए। हिजो धनगढीमा आयोजित कार्यक्रममा पौडेलले अब भीम रावल नसच्चिए पार्टीले उचित निर्णय लिने पनि बताएका थिए।

रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन्। रावलले आफूमाथि अझै अन्याय गरे नयाँ निर्णय लिने चुनौती दिँदै आएका छन्। रावलले आफूसँग अझै सहने क्षमता रहेको बताउँदै अति गरे सोच्नुपर्ने अवस्था आउने बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.