तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेले तनहुँ क्षेत्र नं १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नं २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बारा क्षेत्र नं २ मा भने आज र भोलि थप छलफल गर्नुपर्ने भएकाले निर्णय हुन नसकेको उनको भनाइ छ। बारा क्षेत्र नं २ का लागि जिल्ला कमिटीले तीन जनाको नाम सिफारिस गरेको छ। जसमा पूर्वमन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल, राजेश साह र बन्दना सिंह रहेका छन्।
यसबारे पर्सीसम्म निर्णय लिइने गुरुङले जानकारी दिए।