सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?

सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?
फाइल तस्बिर।
सुन्नुहोस्

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो ।

नयाँ दिल्ली :  कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु तीन दशक पुरानो रोड रेज मुद्दामा १० महिनाको सजायपछि शनिबार पटियाला जेलबाट रिहा भएका छन्।

जेलबाट बाहिर आएपछि सिद्धुले पत्रकारहरूसँग भने, 'सरकारसँग सत्य सुन्न सक्ने शक्ति छैन। उनीहरूले सत्यको आवाज सुन्न नै चाहँदैनन् । सायद यही कारणले गर्दा उनीहरूले मलाई  बिहान साढे १२ बजे छाड्ने भनेर अहिले छाडे ताकी सबै मिडियाकर्मी गइसकेका हुनेछन्। यो देशमा जहिले तानाशाही आयो, एक क्रान्ति पनि आयो र आजको क्रान्तिको नाम राहुल गान्धी हो।'

गत वर्ष सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

पीडित परिवारले सिद्धुलाई सफाइ दिने सर्वोच्च अदालतको २०१८ को निर्णयविरुद्ध अपील दायर गरेको थियो।

 २०१८ को आफ्नो निर्णयमा, सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई गैरु इरादापूर्ण हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिणत गरेको थियो।

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.