फाखेल-सिस्नेरी सडक खण्ड तीन हप्ताका लागि अवरुद्ध

फाखेल-सिस्नेरी सडक खण्ड तीन हप्ताका लागि अवरुद्ध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी-फाखेल सडकखण्ड केही हप्ताका लागि यातायात सेवा सञ्चालनमा रोक लगाइएको छ ।  कुलेखानी, फाखेल र सिस्नेरीलगायत विभिन्न क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतीको कार्य भइरहेकाले सो क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको हो । 

आजबाट ३ हप्तासम्म सो सडकखण्ड मर्मत गरिने र सो क्रममा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भन्दै यातायात सेवा अवरुद्ध पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यससँगै संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा आवतजावतका लागि यात्रुहरु बैकल्पिक मार्गको प्रयोग गरिरहेका छन् । 

बिहानैबाट भीमफेदी–कुलेखानी–मार्खु हुँदै चित्लाङको बाटोबाट हेटौंडा–काठमाडौं रुटका सवारी तथा नीजि सवारी सञ्चालनमा छन् । त्यस्तै,कान्तिलोकपथ,नारायणगढ–मुग्लिन सडकखण्ड, दामन–पालुङ सडकखण्डमा पनि यातायात सुचारु रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.