भारतमा ६ महिनापछिकै बढी कोरोना संक्रमित
नयाँ दिल्ली : भारतमा शनिबार कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो पछिल्लो १८४ दिनको तुलनामा सबैभन्दा बढी हो।
योसँगै भारतको राजधानी दिल्लीमा पनि सात महिनापछि एकै दिनमा सबैभन्दा बढी ४१६ नयाँ केस दर्ता भएका छन् । दिल्लीमा संक्रमण दर पनि बढेर १४.३७ प्रतिशत पुगेको छ।