हारको जिम्मेवारी म लिन्छु : पोटर
भिल्लाविरुद्ध २७ प्रहार गरे पनि सकिट फिनिसिङको अभावमा चेल्सीले हार टार्न सकेन।
लन्डन : एस्टन भिल्लाविरुको पराजयपछि चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले हारको जिम्मेवारी आफूले लिने बताएका छन्। घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा शनिबार भिल्लासँग चेल्सी २–० ले पराजित भएको थियो।
भिल्लाविरुद्ध २७ प्रहार गरे पनि सकिट फिनिसिङको अभावमा चेल्सीले हार टार्न सकेन।
‘हारपछि सधैँ नैराश्यता हुन्छ नै, हामी अगाडि बढ्न सकेनौं यसो भन्नु न्यायसम्मत नै छ,’ उनले भने, ‘हामीले प्रदर्शनको विश्लेषण गर्नु महत्त्वपूर्ण छ। त्यसबाट राम्रो कुरालाई निरन्तरता र कमजोरीलाई सुधार्नु जरुरी छ।’
‘रक्षात्मक रूपमा हामी संगठित हुन सकेनौं,’ उनले भने, ‘यदि खेलको स्टाट्स हेर्ने हो भने हामीले प्रदर्शन राम्रो गरेका थियौं। म कसैलाई पनि दोष दिन चाहन्न। म त्यसको जिम्मेवारी लिन्छु। हामी जिते पनि हारे पनि साथ–साथै छौं।’
हारसँगै २८ खेलबाट ३८ अंक जोडेको चेल्सी ११औं प्रिमियर लिगको ११औं स्थानमा छ। समान खेलबाट ४१ अंक जोडेको भिलला नवौं स्थानमा उक्लिएको छ।