विशेष मूल्यमा जीपको पहिलो सेभेन-सिटर मेरिडियनको बुकिङ खुला

विशेष मूल्यमा जीपको पहिलो सेभेन-सिटर मेरिडियनको बुकिङ खुला
सुन्नुहोस्

काठमाडौं : अमेरिकी अटोमोबाइल ब्रान्ड जीपले नेपालमा नयाँ प्रिमियम एसयुभी जीप मेरिडियनको बुकिङ खुला गरेको छ। 

नेपालका लागि जीपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जीप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो। 

जीप मेरिडियन अमेरिकी विरासत बोकेको जीप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयुभी हो जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ। 

नेपालमा जीप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। 

यसैबीच, एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जीप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ। 

प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले www.jeep.com.np मा लग इन गरी वा ९८०११४५५४५ मा फोन गरी टेस्ट ड्राइभ बुक गर्न सक्नुहुनेछ। नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ। 

मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ। यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जीपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ।

जीप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरू छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ। 

प्रिमियम इन्टेरियर, ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरूले जीप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन–सिटर एसयुभी’ मध्येमा अब्बल बनाएको छ। 

भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि जीपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभुत गर्न एक लाख किलोमिटर कठोर परीक्षणमा राखेको थियो। जीप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ। 

जीपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरू र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ। 

मेरिडियनमा जीपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन्। 

सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.