विवादमा बृहत्तर जनकपुर

विवादमा बृहत्तर जनकपुर
फाइल तस्बिर।
सुन्नुहोस्

जम्मा ३ करोड रुपैयाँ वार्षिक बजेट छुट्ट्याइएको परिषद्को हालसम्मको बेरुजु मात्रै १२ करोडभन्दा बढी छ। कर्मचारीहरूको काम नगर्ने प्रवृत्ति, अध्यक्ष र कार्यकारी निर्देशकबीच समन्वय अभावमा पछिल्लो ६ महिनादेखि परिषद्का २४ जना कर्मचारीहरूले तलबाएका छैनन्।

जनकपुरधाम : सांस्कृतिक सम्पदा संरक्षणको कार्यभार बोकेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो समय विवादमा परेको छ। परिषद्का अध्यक्ष र कर्मचारीबीचका विवाद र असहमतिले एकातर्फ परिषद्को काम कारबाही सञ्चालनमा समस्या आएको छ भने अर्को तर्फ भ्रष्टाचार र अपारदर्शिताले संस्थाको अस्तित्वमाथि नै प्रश्न चिह्न उठाएको छ। 

संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको परिषद्ले मिथिलाको प्रख्यात पञ्चकोसी माध्यमिकी परिक्रमा सञ्चालन हुने धनुषा र महोत्तरीभित्रका परिक्रमा पडाव स्थलहरूको संरक्षण, बाटोघाटो निर्माण, सांस्कृतिक सम्पदाहरूको जगेर्नालगायतका मुख्य कामहरूको जिम्मेवारी बोकेको छ। तर, जिम्मेवारी वहन गर्नुको साटो प्राप्त बजेटमा भ्रष्टाचार र अपरादर्शिताले गर्दा आगामी कार्यक्रमहरू प्रभावित भएका छन्। 

जम्मा ३ करोड रुपैयाँ वार्षिक बजेट छुट्ट्याइएको परिषद्को हालसम्मको बेरुजु मात्रै १२ करोडभन्दा बढी छ। कर्मचारीहरूको काम नगर्ने प्रवृत्ति, अध्यक्ष र कार्यकारी निर्देशकबीच समन्वय अभावमा पछिल्लो ६ महिनादेखि परिषद्का २४ जना कर्मचारीहरूले तलबाएका छैनन्। ‘जुन उद्देश्यका साथ यो संस्था गठन भएको हो त्यो उद्देश्य पूरा गर्ने ठोस कार्ययोजना नै नभएका कारण यति धेरै समस्या आइरहेका छन्,’ परिषद्का कर्मचारी जितेन्द्र यादवले भने । 

उनका अनुसार यसपटक सरकारले विकास बजेट निकै कम दिएको छ र भएको बजेटमा समेत कार्यप्रगति देखाउन नसकेको कारण कर्मचारीहरूको तलब निकासा हुन सकेको छैन। यता, परिषद्का अध्यक्ष शीतल साह यस संस्थाभित्र पहिलादेखि नै भएको भ्रष्टाचारको श्रृंखलाहरूको कारण आगामी कामहरूसमेत प्रभावित भएको बताउँछन्।  ‘यस संस्थाका पहिलाका कार्यकारी निर्देशक र कर्मचारीहरूले प्राप्त बजेटमा व्यापक भ्रष्टाचार र अनियमितता गरेको जनगुनासोहरू म यहाँ नियुक्त भएपछि आउन थाले। पाँच महिनाअघि मेरै संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेँ। अकुत भ्रष्टाचार भएको प्रमाणित गर्ने प्रमाण मसँग आएका छन्,’ साहले भने । 

साह अध्यक्षको रूपमा नियुक्त भएपछि तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए। तर, निर्देशक ठाकुरले स्पष्टीकरण दिनुको साटो जिल्ला अदालतमा आफूलाई नियतबस अध्यक्षले हटाउन खोजेको भन्दै मुद्दा हालेपछि अदालतले परिषद्लाई तत्कालका लागि कारबाही रोक्काको आदेश दिएको थियो। 

ठाकुर कार्यकारी निर्देशक हुँदा उनले परिषद्को नाममा दानमा दिएको जिप आफ्नो श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा यातायात व्यवस्था कार्यालयको ब्लुबुकबाट नामसारी गराएका थिए। मिति २०७६ कात्तिक १४ गते दोलखाको विगु—७ निवासी जेन्डील शेर्पाले वा.१३ च २०३७ नं. को निजी जिप संलग्न कागजातहरू परिषद्लाई दानमा दिएका थिए। तर, सो जिपलाई पूर्वनिर्देशकले आफ्नो परिवारको नाममा नामसारी गराई मनमौजी उपयोग गरे। पछि २०७८ साउन ५ गते सोही गाडी परिषद्का सवारी चालक धनीराम मण्डलको नाममा नामसारी गराएर त्यसको नाममा विभिन्न मितिमा ४५ लाख रुपैयाँभन्दा बढी भाडा, मर्मत र इन्धनसमेतको खर्च गरेको स्पष्टीकरणको पत्रमा उल्लेखित छ। 

त्यसैगरी पूर्वनिर्देशक ठाकुरले आफ्नो पदको चरम दुरुपयोग गरी प्राप्त बजेटमा भ्रष्टाचार गरेको स्पष्टीकरण पत्रमा उल्लेखित छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.