फेसन हब बन्दै ‘सेन्स अफ क्लिक’

फेसन हब बन्दै ‘सेन्स अफ क्लिक’
सुन्नुहोस्

हङकङ : पछिल्लो समय हङकङमा नेपाली र विदेशीहरूको स्टाइल र फेसनको हब बनेको छ, सेन्स अफ क्लिक। हङकङ जोर्डनस्थित टेन्पल स्ट्रिटमा भेटिए डिजाइनर तथा सेन्स अफ क्लिकका सञ्चालक, पवन सुब्बा। अहिलेको उचाइमा पुग्न र सबैको प्रिय बन्न पवनले जीवनका कयौं बसन्त संङघर्षले गुजारेका छन्। आफ्नो दृढ इच्छाशक्ति र कठोर संघर्षले नै आफूले सफलता हासिल गरेको उनले बताए। 

भारतमा फेसन डिजाइन पढेका पवनलाई चर्चित डिजाइनर शब्यसाचीको भब्य फेसन स्टुडियोमा सेल्स ब्वायका रुपमा करिब तीन वर्ष काम गर्ने अवसर मिल्यो। भारतकै उत्कृष्ट स्टुडियोमा काम गर्दा उनले काम गर्ने शैली, डिजाइनको तरिकालगायतलाई अभ्यासका रुपमा हेर्दै र सिक्दै गए। भर्खरै अध्ययन पूरा गरेका उनले त्यतिबेला डिजाइनरको काम पाउने कुरै भएन। डिजाइनरको काम नपाए पनि चर्चित डिजाइनरको कामलाई नजिकबाट नियाल्न पाए। ‘भारतका चर्चित कलाकार, मोडलहरूसँग विस्तारै आफ्नो सम्पर्क बढाउँदै गएँ’, उनले भने,‘स्टुडियोबाट कहिलेकाहिँ सहायक कोरियाग्राफी भएर विभिन्न फेसन, मोडलिङ शोहरूमा सहभागी हुने अवसर पाएँ।’ 

त्यसपछि आफ्नो सपनाको उडान भर्न उनी पुगे, हङकङ। हङकङमै जन्मिएका उनको साथी सर्कल राम्रो थियो। तर, तत्काल फेसन डिजाइनको स्टोर खोल्न सक्ने आँट भने उनमा थिएन। सुरुवाती दिनमा पाँच दर्जनभन्दा बढी कम्पनीहरूमा आफ्नो बायोडाटा पठाए। अधिकांश कम्पनीहरूमा हङकङको आधारभूत भाषा क्यान्टोनिज अनिवार्य भएकाले उनले कतै पनि काम पाउन सकेनन्। 

त्यसपछि साथीहरूको सहयोगमा रेष्टुरेन्टमा रिसेप्सनको काम सुरु गरे। रेष्टुरेन्टमा काम गरिरहेका बेला साथीले उनको डिजाइन स्केच देखेछन्। उनी फुर्सदमा विभिन्न डिजाइनका कपडाहरूको स्केच कोरेर बसिरहेका हुन्थे। साथीले स्टोर खोल्न सल्लाह दिए। उनको मनमा पनि आफ्नै डिजाइन स्टुडियो खोल्ने सपना थियो। त्यसपछि लामो समयको रेष्टुरेन्ट कामलाई विट मार्दै सुरु गरे, सेन्स अफ क्लिक। 

त्यसलगत्तै रनवे फेसन शो हङकङ कार्यक्रमको सुरुवात गरे। हरेक वर्ष नेपालबाट उत्कृष्ट फेशन डिजाइनरहरू बोलाएर हङकङका नेपालीमाझ फेसन रनवे कार्यक्रमलाई सञ्चालन गरे। सुरुवाती दिनमा नेपालबाट युवि थापालगायतका डिजाइनलाई पनि हङकङ ल्याएर उनले बेचे। त्यसपछि पवनको डिजाइन र फेसन सेन्समा हङकङ रंगिँदै गयो। नेपालीहरूले आयोजना गर्ने हरेक विवाह, पार्टी र कार्यक्रमहरूमा पवनको डिजाइनका पहिरनहरूले स्थान पाउन थाले। स्थानीय चिनियाँ र विभिन्न देशका महिलाहरूमाझ पवनको डिजाइनले ठाउँ लिन थाल्यो। अहिले कामदार राखेर काम गरिरहेका छन्। फेसन  डिजाइनका काममा मात्र होइन, ड्रेस सेन्स कसरी विकास गर्ने, कस्तो शरीर भएकाहरूका लागि कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै उनी ग्राहकहरूलाई सल्लाह दिइरहेका हुन्छन्। ‘यो मेरो जीवन हो। हङकङपछि अर्को स्टोर केही दिनमै नेपालमा खोल्दैछु। नेपालको मौलिक पहिरनलाई विदेशमा फेसन डिजाइनमा स्थान दिन्छु। फेसनको दुनियाँमा भविष्य खोज्नेहरूका लागि निरन्तर लागिरहन्छु’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.