पशुमा रेबिज संक्रमण

पशुमा रेबिज संक्रमण
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरमा रेबिजको संक्रमणबाट पशु मर्न थालेका छन्। जिल्लाको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा रेबिजको संक्रमणबाट पशुको मृत्यु भएको पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ।

यो साता मात्रै कञ्चनपुरको भीमदत्त–१९ निम्बुखेडा र वडा ३ स्थित तिलकपुरमा किसानको गाईको मृत्यु भएको छ। बेदकोट वडा–१ चम्पापुरमा एक भैसी र पुर्नवास–१ मा रेबिजको संक्रमणबाट बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए। 

उनले पछिल्लो एक महिना यता कैलाली र कञ्चनपुरमा रेबिजको संक्रमण फैलिएको बताए। ‘पशु मर्न थालेपछि किसानले हामीलाई खबर गर्‍यो। हाम्रो टोली गएर अनुसन्धान गर्दा रेबिज पुष्टि भएको हो’, प्रमुख जोशीले भने, ‘कञ्चनपुरमा रेबिजको संक्रमण बढेको छ। आज पनि गाईको मृत्यु भएको खबर आएको छ।’ कैलालीको गौरीगंगा र धनगढीमा पनि रेबिजको संक्रमणका कारण बाख्रा र गाईको मृत्यु भएको उनले बताए। 

रेबिजको संक्रमणबाट पशुको मृत्यु हुन थालेपछि प्रयोगशालाबाट निःशुल्क रूपमा खोप उपलब्ध गराउन थालेको उनले बताए। ‘स्याल र कुकुरको टोकाइबाट रेबिज संक्रमण हुने गरेको छ। संक्रमणपछि यसको कुनै उपचार छैन’, उनले प्रष्ट पारे, ‘सबैले कुकुरमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ।’

प्रयोगशालाले प्रदेश सरकारलाई पनि यस विषयमा जानकारी गराएको जनाएको छ। रेबिजको लक्षण देखिए खबर गर्न राष्ट्रिय निकुञ्ज लगायत सबैलाई अनुरोध गरेको प्रयोगशालाले आग्रह गरेको छ। त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले कञ्चनपुरमा रेबिजको संक्रमण फैलिएकाले सबैले सचेत हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.