दिदीबहिनी मृत फेला

दिदीबहिनी मृत फेला
सांकेतिक तस्बिर।
सुन्नुहोस्

रुकुम पूर्व : रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ को रन्मा गाउँमा एकै घरका २ बालिका मृत फेला परेका छन्। रन्मा गाउँदेखि तल चिकायाँबाँमा खरायोलाई सिस्नु र हरियो घाँस टिप्न जाँदा घर नफर्किएपछि खोजी गर्दा उनीहरू मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ। 

तारामान बुढा र ग्वारी बुढा दम्पतीका दुई छोरी रीना र कालीमाया बुढा मृत अवस्थामा भेटिएका हुन्। मृतक बालिका रिना ११ र कालिमाया ९ वर्षका हुन्। रीना साइँली हुन् भने कालीमाया कान्छी सन्तान हुन्। तारामान र ग्वारीका ४ छोरी र २ छोरा छन्।

मृतक बालिकाहरूको कानमा लगाइएको सुनको गहना फुकालिएको अवस्थामा भेटिएको वडाध्यक्ष बमबहादुर बुढा ‘विजय’ले बताए। उनका अनुसार घाँस टिप्ने ठाउँबाट करिब १ किलोमिटरको दूरीतर्फ घिसार्दै लगेर हत्या गरिएको आशंका गर्न सकिने बताइएको छ।

स्थानीयका अनुसार घ्याउँ अर्जुँ भनिने ठाउँमा पत्ता लागेका शव करिब ५० मिटरको फरकमा भेटिएका हुन्। घटनास्थलको प्रकृति हेर्दा लुटेराबाटै हत्या भएको हुन सक्ने स्थानीयको ठम्याइ छ। घटना जानकारीमा आयए लगत्तै जिल्ला प्रहरी कार्यालय रुकुमकोटबाट डीएसपी अञ्जना श्रेष्ठसहितको अनुसन्धान टोली घटनास्थलतर्फ पुगेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.