अतिक्रमित जग्गा खोज्दै वीरगन्ज महानगर

अतिक्रमित जग्गा खोज्दै वीरगन्ज महानगर
सुन्नुहोस्

वीरगन्ज महानगरका विभिन्न वडा र महानगरसँगै सीमा जोडिएको पर्सागढी नगरपालिका-४ मा गरी गुठी संस्थानको नाममा ११३ बिघाभन्दा बढी जग्गा छ। ती जग्गामा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्।

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित ३६ बिघाभन्दा बढी जग्गा सीमांकन गरेर किलाखुटी गाडेको छ।

वीरगन्ज महानगरका विभिन्न वडा र महानगरसँगै सीमा जोडिएको पर्सागढी नगरपालिका-४ मा गरी गुठी संस्थानको नाममा ११३ बिघाभन्दा बढी जग्गा छ। ती जग्गामा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्। 

गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले गत बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्ट्याउने काम थालेको हो। शुक्रबारसम्म अतिक्रमित गुठी संस्थानको ३६ बिघाभन्दा बढी जग्गा महानगरपालिकाको टोलीले सीमांकन गरेर किलाखुटी गाडेको हो। शुक्रबारमात्रै पनि १५ बिघाभन्दा बढी जग्गा छुट्ट्याएर किलाखुटी गाडिएको गुठी संस्थान पर्साले जनाएको छ।

महानगरले गुठी संस्थानको जग्गा खोज्ने अभियानअन्तर्गत शुक्रबार तेस्रो दिन १५ बिघा ४ कट्ठा १० धुर जग्गा सीमांकन गरेर किलाखुटी गाडेको गुठी संस्थान पर्साका प्रमुख चूडामणि घिमिरेले बताए। महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका-४ को भेडाहा टोल र सबैया टाँडीमा शुक्रबार उक्त जग्गा नापजाँच गरेर सीमांकन गरिएको घिमिरेले बताए। बुधबारदेखि सुरु भएको अभियानको तेस्रो दिनसम्ममा ३६ बिघा १० कट्ठा १० धुर जग्गा छुट्ट्याएर किलाखुटी गाँड्न सफल भएको उनले जानकारी दिए। 

शुक्रबार सीमांकन गरी किलाखुटी गाडिएको जग्गामा करिब ६० घरपरिवारले पक्की तथा फुसको टहरा बनाएर बसोबास गरिरहेका छन्।

यसअघि महानगरको टोलीले पर्सागढी नगरपालिका ४ भेडाहा टोलमै ९ बिघा १३ कट्ठा र बुधबार ११ बिघा १३ कट्ठा जग्गा सीमांकन गरेर किलाखुटी गाडेको थियो। महानगरले अतिक्रमित जग्गा छुट्ट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्रीसहित टोली फिल्डमा खटाउने गरेको छ। गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्ट्याउने काम गरेको हो। वीरगन्ज महानगरपालिकाले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइरहेका बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगन्ज र यस आसपास रहेका गुठी संस्थानका अतिक्रमित जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरिरहेको मेयर राजेशमान सिंहले बताए। 

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसहित महानगरपालिका-४ का वडाध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुसाल, अमिन देवलाल प्रसाद, उमेशप्रसाद साह, नथुनी मण्डल, अनिल पण्डित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.