स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन
सुन्नुहोस्

डोटी : डोटीको शिखर नगरपालका-१ कपल्लेकी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनमा आएको छ। 

शनिबार उद्घाटन गरिएसँगै प्रयोगशाला सञ्चालनमा आएको हो। वडा कार्यालयको आर्थिक सहयोगमा प्रयोगशालाको स्थापना गरिएको हो। जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले प्रयोगशालाको उद्घाटन गरे।

प्रमुख सिंहले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्व सबैभन्दा बढी रहेकाले ल्याब स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताए। ‘अब स्थानीय बाहिर जान पर्दैन’, सिंहले भने, ‘बाहिर जाँदा खर्च धेरै हुने भएकाले आर्थिक रूपमा समेत यसले सहुलियत हुनेछ।’

हामीले स्वास्थ्य, शिक्षा, कृषि र यातायातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सिंहले बताए।
आफू निर्वाचित भएदेखि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको र फलस्वरूप ल्याब स्थापना गर्न सफल भएको वडा अध्यक्ष दिपकबहादुर बोगटीले बताए। 

वडा कार्यालयबाट ५ लाख बराबरको ल्याब सामग्री खरिद र ३ लाख बराबरको प्रयोगशाला कक्ष मर्मत गरिएको अध्यक्ष बोगटीले बताए। ‘स्वास्थ्य निर्देशनालय राजपुर र स्वास्थ्य कार्यालय डोटीको सहयोगबाट प्रयोगशालामा प्रयोग हुने सामग्रीहरूको सहयोग भएको र सबैको सहयोगबाट सेवा सञ्चालनमा ल्याउन सफल भएका छौं’, स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष बोगटीले भने, ‘ल्याब स्थापनाबाट वडाबासी सबैलाई सहज हुनेछ।’

प्रयोगशालाबाट रगत चेकजाँच, विभिन्न किसिमका भाइरल टेष्ट, दिसापिसाब चेकजाँच, मलेरिया, युरिकएसिड, सुगर, लिपिट प्रोफाइल, कोल्डस्टोर, क्षयरोग जाँच लगायतको चेकजाँच हुने ल्याब इन्चार्ज माधव जोशीले जानकारी दिए। प्रयोगशालाबाट करिब २०/२१ प्रकारको चेकजाँच हुने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.