'प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्छ'
सन्धिखर्क : नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोख्रेलले प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्छ भन्ने नेपाल निजामती कर्मचारी युनियनको अडान रहेको बताएका छन्।
उनले संघीयता पछि दोस्रो कार्यकालको निर्वाचन पश्चात पनि संघीय निजामती ऐन आउन नसक्नु दुःखद भएको बताए। निजामती कर्मचारीहरूको एक मात्र कानुनलाई विभिन्न वहानामा आउन नदिनुमा ट्रेड युनियनकर्मीहरूको पनि कमजोरी रहेको बताए।
नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले आयोजना गरेको वनभोज, शुभकामना आदान प्रदान र २०८० सालको भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै संघीय निजामती सेवा ऐन छिट्टै आउनेमा आफूहरू विश्वस्त रहेको कुरा समेत बताएका थिए।
कर्मचारीहरू संघीय निजामती ऐनको विषयलाई लिएर आन्दोलित छन्। विभेदपूर्ण र गरिएको समायोजन ऐनले सबै कर्मचारीहरूलाई समान व्यवहार गर्न सकिरहेको छैन।