सन्धिखर्कमा जग्गाको कित्ताकाट खुल्यो

सन्धिखर्कमा जग्गाको कित्ताकाट खुल्यो
सुन्नुहोस्

सन्धिखर्क: अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुलेको हो।

जग्गाको वर्गीकरणसँगै अब गैरकृषि क्षेत्रमा चार आना र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइने सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले जानकारी दिए। 

विगत केही समयदेखि रोकिएको जग्गाको कित्ताकाट अब सन्धिखर्क नगरपालिकामा खुलेको सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख खनालको भनाइ छ।  

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाका आधारमा नगरपालिकाले विभिन्न चरण पार गरी पालिका भित्रको जग्गा वर्गीकरण गरेपछि सन्धिखर्क नगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। 

निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत भएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। कित्ताकाट नखुलेका कारण घरजग्गा कारोबारको काम रोकिएको थियो। 

सन्धिखर्क नगरपालिकाले पठाएको जग्गा वर्गीकरणका आधारमा जग्गाको कित्ताकाट सुरु भएको जिल्ला मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख टीकाराम पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.