जनतासँग गरिएका प्रतिबद्धता सरकारले पूरा गर्छ : रक्षामन्त्री खड्का

जनतासँग गरिएका प्रतिबद्धता सरकारले पूरा गर्छ : रक्षामन्त्री खड्का
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले निर्वाचनका बेला जनतासँग गरेका बाचा पूरा गर्नेगरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेता खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरी सरकारले काम गर्ने बताएका बताएका हुन् । 

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर–२ को प्रथम क्षेत्रीय अधिवेशन पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन,संविधानको सुदृढीकरण गर्न र देशको तीव्र रुपमा विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए । 

उनले भने,'संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं,संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं,तीव्र गतिमा देशको विकास गर्छौं भनेका थियौं । चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ । हामी बाचा भुल्दैनौँ । '

उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितलाई न्यायिक निरूपणमार्फत् न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको दाबी गरे । 

पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै उनले भने, 'यसले देश र जनताका पक्षमा काम गर्छ । एजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती एजेण्डाहरू पूरा हुनेमा ढुक्क हुनुस् । '

सरकारले अहिले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए । कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकासको गतिलाई तीव्र पार्नेगरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने उनको भनाइ छ।

सुर्खेतको बाबियाचोरमा नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : बिस्नप्रसाद न्यौपाने 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.