मधेसमा आज जुडशितल मनाइँदै

मधेसमा आज जुडशितल मनाइँदै
सुन्नुहोस्

यसरी टाउकोमा पानी छ्यापेर जुराउँदा वैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वास रहिआएको छ।

ढल्केवर(धनुषा) : तराई–मधेसमा आज जुडशित पर्व मनाइँदै छ। नयाँ वर्षको दोस्रो दिन बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेष्ठ व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किंदै आशीर्वाद दिएर जुडशितल पर्व मनाईने चलन छ।

यसरी टाउकोमा पानी छ्यापेर जुराउँदा वैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वास रहिआएको छ। 

यसैदिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ। यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने जनविश्वास रहेको छ।

जुडशितल पर्वमा एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ। तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.