झडपमा गोली चल्दा रौतहटमा एकको मृत्यु

झडपमा गोली चल्दा रौतहटमा एकको मृत्यु
प्रतिकात्मक तस्बिर

रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

शनिबार गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ। विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए। 

गोली कसले चलायो भन्ने खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गढीमाई नगरपालिकाको धोबिनियामा निर्माण भइरहेको बाटोको विषयमा विवाद हुँदा १२ बोरको बन्दुकको गोली प्रहार भएको प्रहरीको भनाइ छ।
 
गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको रौतहटका एसपी बुढामगरले जानकारी दिए।

घटनामा प्रयोग भएको १२ बोरको बन्दुक प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको एसपी बुढामगरले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.