नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउँछौं : डा.हेमराज शर्मा

नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउँछौं : डा.हेमराज शर्मा

काठमाडौं : गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा लुभेन सहरमा शनिबार मेला सम्पन्न भएको छ। नेपाली उत्पादन, कला संस्कृति र पर्यटनको प्रवर्द्धन, नेपाली मौलिक खानाको प्रचारप्रचार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।  

मेलामा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली संघसंस्थाको सहकार्य थियो। नेपाल प्रमोसन अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जिमयले जनाएको छ।  

मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टल प्रर्दशनीमा राखिएका छन्। मेला सुरु हुनु अघि नेपाली पन्चेबाजा सहरको मध्यभागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरन्जन लिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ विश्वकै यूनिक संस्था भएको बताए। 

गैरआवासीय नेपाली संघ बेल्जियमद्धारा लुभेन सहरमा आयोजित मेलालाई सम्बोधन गर्दै  गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. शर्माले गैरआवासीय नेपाली संघ विश्वै एक यूनिक संस्था रहेको चर्चा गरे। संघको आयोजनामा भएको नेपाली मेला निकै आकर्षक र नेपाल झल्किने रहेको बताए। 

विदेशी सहरमा आयोजना हुने यस्ता मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए। विदेशमा जन्मिएर हुर्किँदै गरेको दोस्रो पुस्तालाई नेपाल र नेपाली चिनाउने महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। उनले नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउन सबै पक्षसँग मिलेर काम गर्न आह्वान गरे।

बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउन सक्रिय एनआरएनए बेल्जियमलाई धन्यवाद दिए। 

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले मेला भर्न करिब ५ हजारभन्दा बढी नेपाली तथा विदेशी लुभेन सहर आएको बताए।

लुभेन नगरपालिकाका मेयर महमद रिजवानीले नेपाली समुदायले लुभेन सहरमा खेलेको भूमिका प्रशंसा गरे गरे। उनले नेपालमा गएको महाभूकम्पको बेला लुभेनवासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.