मुस्ताङका ५ स्थानीय तहको बेरुजु ७ करोड ५९ लाख

मुस्ताङका ५ स्थानीय तहको बेरुजु ७ करोड ५९ लाख
सुन्नुहोस्

जोमसोम : महालेखा परीक्षकको कार्यालय (मलेप)ले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा मुस्ताङको ५ स्थानीय तहको बेरुजु रकम ७ करोड ५९ लाख ६९ हजार रहेको पाइएको छ।

आर्थिक वर्ष २०७७–०७८ मा मुस्ताङका ५ तहको बेरुजु रकम ५ करोड ८० लाख ११ हजार रहेकोमा १ करोड ८९ लाख बेरुजु थपिएको हो।

महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन अनुसार मुस्ताङको लोमान्थाङ थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँ पालिकाले बेरुजु घटाएका छन्।

अन्य पालिकाको बेरुजु वृद्धि भएको देखिएको छ। मलेप प्रतिवेदन अनुसार मुस्ताङको लोमान्थाङ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को भन्दा ४ लाख ४० हजार अर्थात शून्य दशमलव ७ प्रतिशत बेरुजु घटाएको हो। लोमान्थाङको बेरुजु ९ लाख ७२ हजार छ। 

वारागुङको बेरुजु प्रतिशत २ दशमलव ९५ प्रतिशतबाट २ दशमलव १२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष १ करोड ५४ लाख ५८ हजार बेरुजु रहेकोमा हाल  १ करोड २५ लाख ६७ हजारमा झरेको हो। वारागुङले करिव २९ लाख अर्थात शून्य दशमलव ८३ प्रतिशत बेरुजु रकम घटाएको हो। 

थासाङ गाउँपालिकाले पनि बेरुजु प्रतिशत घटाएको छ। थासाङले अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ८२ प्रतिशत बेरुजु कम गरेको छ। थासाङको अघिल्लो वर्ष २ करोड ६ लाख बेरुजु रहेकोमा १ करोड ५७ लाख बेरुजु कायम गरेको छ। थासाङले ५१ लाख बेरुजु कम गरेको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु अघिल्लो वर्षको तुलनामा बढेको छ।आर्थिक वर्ष २०७७/०७८ मा लोघेकर दामोदरकुण्डको बेरुजु रकम २४ लाख १० हजार अर्थात शून्य दशमलव ४९ प्रतिशत बेरुजु रहेकोमा आर्थिक वर्ष २०७८/०७९ को (मलेप) प्रतिवेदनमा १ करोड २५ लाख ७१ हजार अर्थात २ दशमलव १२ प्रतिशत बेरुजु पुगेको छ।

लोघेकरमा अघिल्लो वर्षभन्दा थप १ करोड १ लाख अर्थात १ दशमलव १३ प्रतिशत बेरुजु बढेको देखिन्छ। मुस्ताङको थासाङ गाउँपालिकाको बेरुजु पनि बढेको छ। 

अघिल्लो वर्ष  २ दशमलव ३५ प्रतिशत अर्थात १ करोड ५७ लाख बेरुजु रहेकोमा २ करोड ६ लाख अर्थात ३ दशमलव १७ प्रतिशत बेरुजु पुगेको मलेप प्रतिवेदनमा उल्लेख छ।

यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिको बेरुजु पनि अघिल्लो वर्षको तुलनामा दोब्बर प्रतिशत बेरुजु वृद्धि भएको मलेप प्रतिवेदनमा उल्लेख छ। 

घरपझोङको बेरुजु अघिल्लो वर्ष  १ करोड ८२ लाख अर्थात २ दशमलव ३४ प्रतिशत रहेकोमा हाल २ करोड ९६ लाख अर्थात ४ दशमलव ५८ प्रतिशतमा पुगेको मलेप प्रतिवेदनमा देखिन्छ।

मुस्ताङका ५ स्थानीय तह मध्ये ३ स्थानीय तहको बेरुजु प्रतिशत घटेको छ भने २ स्थानीय तहको बेरुजु प्रतिशत वृद्धि भएको हो।

 मलेपले सार्वजिक गरेको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा मनाङको नार्पाभूमि गाउँपालिका पहिलोर मुस्ताङको लोमान्थाङ गाउँपालिका प्रदेशकै कम बेरुजु रहेको पालिकाको सूचीमा परेका थिए। 

मलेपको पछिल्लो वार्षिक प्रतिवेदनमा लामोन्थाङ प्रदेशकै पहिलो कम बेरुजु रहेको पालिकामा परेको छ भने मनाङको नार्पाभूमि गाउँपालिकाको बेरुजु बढेको छ। 

नार्पाभूमि गाउँपालिकाको अघिल्लो वर्षको बेरुजु ७ लाख २८ अर्थात शून्य दशमलव २५ प्रतिशत रहेकोमा अहिले ७४ लाख ७२ हजार अर्थात १ दशमलव ५ प्रतिशतमा पुगेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.