लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार प्रहरीले उनीहरुको शरिर,  झोला चेकजाँच गर्दा ५७८ थान लागुऔषध बरामद गरिएको हो।

महोत्तरी : महोत्तरी प्रहरीले १ भारतीय नागरिकसहित तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेका छन्। सोमबार महोत्तरी प्रहरीले चेकजाँच गर्दा वलवा नगरपालिका-३ वनौटाका २३ वर्षीय मोहित महतो नुनिया र भारत विहार राज्य जिल्ला सितामढी ग्राम बनौलका २६ वर्षीय राहुल साह रहेका छन्। 

महोत्तरीको औरही नगरपालिका-७ का रामबाबु यादव साइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार प्रहरीले उनीहरुको शरिर,  झोला चेकजाँच गर्दा ५७८ थान लागुऔषध बरामद गरिएको हो। मोहित महत्तो बोकेको झोला भित्रबाट नाईट्रोभेट टयाब्लेट ३८ पतामा गरी ५ सय ७० पिस र राहुल साहले लगाएको जिन्सको पाइन्टको खल्तीबाट नाईट्रोभेट टयाब्लेट १ पतामा ८ पिस ट्याब्लेट बरामद गरिएको हो।

पक्राउ परेको दुवै जना उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीप गिरीले बताए।

यता, प्रहरीले सम्सी गाउँपालिका-४ स्थित पासवान टोल जाने भित्री सडकखण्डबाट दाङ जिल्ला घोराई नगरपालिकाका १९ वर्षीय प्रवीण नेपालीलाई नियन्त्रणमा लिएको छ। गैडाभेटपुर महोत्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको नेपालीलाई चेकजाँच गर्दा ५९६ पिस लागुऔषध पदार्थ बरामद गरिएको हो।

नेपालीले बोकेको सेतो रातो भएको कपडाको झोलाबाट नोर्फिन १०० एम्पुल, फेनार्गन १९५ एम्पुल, सिरिन्ज २ पिस, डाईजेपाम– २०२ एम्पुल र नाम खुल्न नसेकको ९९ एम्पुल लागुऔषध पदार्थ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेको तीनै जना उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.