गृहमन्त्रीको विरोध गर्दै मिटरब्याज पीडितले भने : प्रधानमन्त्रीसँग मात्र वार्ता बस्छौं, माग पूरा नभई जाँदैनौं

गृहमन्त्रीको विरोध गर्दै मिटरब्याज पीडितले भने : प्रधानमन्त्रीसँग मात्र वार्ता बस्छौं, माग पूरा नभई जाँदैनौं
तस्बिर : राजकरण महतो
सुन्नुहोस्

आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले जति दम्न गरे पनि माग पूरा नभई घर नफर्किने बताएका छन्।

काठमाडौं : मिटरब्याजी पीडितले प्रधानमन्त्रीसँगमात्र वार्ता गर्ने जनाएका छन्। मिटरब्याजी पिडितहरुले शान्तिबाटिका आज पत्रकार सम्मेलन उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को विरोध गरेका हुन्।null

आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले जति दम्न गरे पनि माग पूरा नभई घर नफर्किने बताए।मिटरब्याज तथा ठगीविरुद्ध आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय क्रुर दमन गरेको भन्दै उनीहरु आपत्ति जनाए। 'कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री', 'मजदूर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद' जस्ता प्लेकार्ड बोकेर विरोध गरेका छन्।

सोम शान्तिबाटीकाभित्र धर्ना बस्दै आएका मिटरब्याजी पीडित भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। झडपमा मिटरब्याज पीडित  घाइते भएका थिए।null

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो। वार्ता भंग भएपछि उनीहरू काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ। 

मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन्। चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरुको काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.