बेइजिङको अस्पतालमा आगलागी, २१ जनाको मृत्यु
अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२:५७ मा आगलागी भएको बताएका छन् ।
बेइजिङ : बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।
अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२:५७ मा आगलागी भएको बताएका छन् ।
दिउँसो १:३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।