मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु
सुन्नुहोस्

जोमसोम :मुस्ताङमा लेक लागेर एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको लखनउ बस्ने ६९ वर्षीया महिला रिता मेहरोत्राको बुधबार लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतको लखनउदेखि मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएकी महिलाको अल्टिच्युडका कारण श्वाशप्रश्वासमा समस्या देखिएपछि मुस्ताङ अस्पतालमा भर्ना गरिएको थियो ।

 उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । पोखराबाट म्याग्दी हुँदै सडकमार्गबाट बलेरो जीपमा भारतीय टोली मुक्तिनाथ दर्शन जाने क्रममा पुथाङ एअरपोर्ट जोमसोमको एक होटलमा राती बाँस बसेका थिए । टोलीमा मृतकका आफन्त र छिमेकी थिए ।

लेक लागेर मृत्यु भएकी महिलाको शव परिवारलाई हस्तान्तरण भईसकेको र शव जोमसोममै अन्त्येष्टि गरिएको बताइएको छ । मुस्ताङको उच्चउचाईको क्षेत्रमा आउँदा अक्सर भारतीय पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको पाइएको छ । 

उमेर पुगेका र स्वास्थ्यमा विभिन्न समस्या देखिएका पर्यटकलाई मुस्ताङमा अल्टिच्युडको समस्या देखिने गरेको प्रहरीको भनाइ छ । चालु वर्षको फागुन देखि यता झन्डै आधा दर्जन भारतीय पर्यटकको लेंक लागेर मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.