बाराका जनता र पाँच दलका नेता मेरो साथमा छन्, अरुले जतिसुकै भ्रम फैलाए पनि फरक पर्दैन :  उपेन्द्र यादव

बाराका जनता र पाँच दलका नेता मेरो साथमा छन्, अरुले जतिसुकै भ्रम फैलाए पनि फरक पर्दैन :  उपेन्द्र यादव
सुन्नुहोस्

गत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका जनता समाजवादी पार्टी बारा क्षेत्र नं २ क उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। आफ्ना पार्टीका सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उनी आफैं सो क्षेत्रमा उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत यादवसँग अन्नपूर्णकर्की क्रान्ति साहले गरेको कुराकानी।

जनताको घरदैलोमा पुगिरहनुभएको छ। तपाइँको पक्षमा कस्तो माहोल छ? 
जनतामा अत्यन्त उत्साह र उमंग रहेको पाएको छु। जनताले मधेसको हक अधिकार र पहिचान दिलाउनेलाई राम्ररी चिनेका छन्। त्यसकाकारण चुनावी घरदैलोमा जनता आफैं मेरो लागि मत माग्दै हिँडेका पनि छन्। यसले मेरो जित सहज छ भन्ने आत्मविश्वास बढाउँदै लगेको छ।  

चुनावी प्रचार सुरु नहुँदै जातिवादको नारा उचालिएको थियो। अहिले अवस्था के छ?
चुनावी माहोल सुरु भएलगत्तै बारा २ माजातिवादको जहर घोल्ने, एउटा जातलाई लडाएर अर्को जातिविरुद्ध लडाएर आफ्नो दुनो सोझाउने षड्यन्त्र गरिरहेका थिए। जालीझेलीहरुले भ्रम फैलाइरहेका थिए। तर अहिले जातिवादको त्यो नारा हराँउदै गएको छ।

बारा २ मा तपाईँका मुख्य एजेन्डाहरू के-के हुन्?
संघीयता र समावेशीताको रक्षासँगै सुशासन, विकास र समृद्धि नै हाम्रा मुख्य एजेन्डा हुन्। यिनै एजेन्डाहरू लिएर म जनताको माझमा पुगिरहेको छु। जसका कारण जनता निक्कै उत्साहित पनि देखिएका छन्।  

तपाईँलाई बाहिरिया उम्मेदवारको आरोप लगाइरहेका छन् नि? 
सुरु सुरुमा विपक्षीहरूले यो हावादारी कुरा गरेका थिए। अब त्यो हावादारी कुरा हावामै हराएको छ। के म यो देशको नागरिक नै होइन? के म मधेसी होइन? मधेसमा मधेसको मान्छे पनि कहीँ बाहिरिया हुन्छ? कस्तो बुद्धि नभएका विपक्षीहरू परेका छन्। बारा २ का जनताले मलाई आत्मसात गरिसकेका छन्। मलाइ त विपक्षीहरूको बुद्धि देखेर दया पो लाग्दैछ। आफ्नै देशका नागरिकलाई बाहिरिया भन्नेहरूले के राजनीति गर्नु? के देश र जनता बुझ्नु?​​​​​​​

विपक्षीहरूले त चुनाव हार्ने डरले सबै राजनीतिक शक्ति तपाईँले यहीँ लगाइदिनुभएको छ भन्ने आरोप लगाइरहेका छन्? 
त्यो मनगढन्ते कुरा हो। त्यस्ता मनगढन्ते, उडन्ते कुराहरुको कुनै तुक छैन। मिडिया र सोसल मिडियामा जसलाई जे मन लाग्यो त्यही लेख्ने र लेख्न लगाइरहेका छन्। बारा २ का जनता र पाँच दलका नेताकार्यकर्ता मेरो साथमा छन्। त्यसकाकारण त्यस्ता मनगढन्ते कुराले मलाई कुनै फरक पर्दैन। 

मिडियामा मत सर्वेक्षणहरू पनि आइरहेका छन्, ती सर्वेक्षणले त तपाईँलाई दोस्रो स्थानमा राखेको छ नि?
त्यो प्रायोजित हो, बिल्कुल गलत हो। त्यो पनि विपक्षीको भ्रामक प्रचारबाजीमात्रै हो। जातिवादको नारा फैलाएजस्तै त्यो सर्वेक्षण पनि विपक्षीको इशारामा ल्याइएको हो। त्यसकारण म र बारा २ का जनता त्यसबाट भ्रमित छैनौं। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.