जनताको मनमा एसपी खरेल छ

जनताको मनमा एसपी खरेल छ

सुशासन र सुरक्षा मेरा प्रमुख एजेन्डा हुन्। त्योसँगै कृषि, शिक्षा र स्वास्थ्य अनि भौतिक पूर्वाधार पनि हुन्।

मत माग्दै जनताको घरदैलोमा पुग्दा कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

चुनावी प्रचारका क्रममा जनताको घरघरमा पुगेको छु। यहाँका विद्यालय, स्वास्थ्य संस्था, महिला, बालबालिका सबैको अवस्था दयनीय देख्दा मलाई असाध्यै पीडा हुन्छ। तलाईंलाई किन भोट दिने ? केका लागि दिने भन्दै जनताले ममाथि आक्रोश पनि पोख्छन्। त्यसपछि म एसपी खरेल हुँ भन्छु।

पानी मागेर खान्छु। उनीहरूको पीडा र आक्रोश सुन्छु अनि आफ्ना कुरा राख्छु। म ३३ वर्षदेखि तपाईंलाई ठगेको नेता होइन भन्छु। त्यसपछि उहाँहरूले असाध्यै माया र स्नेह प्रकट गर्नुहुन्छ। मप्रति उत्साहित बन्नु हुन्छ। उहाँहरूको त्यो माया, स्नेह र उत्साह हेर्दा म पनि उत्साहित हुन्छु। माहोल मेरो पक्षमा बन्दैछ भन्ने महसुस गरिरहेको छु। 

जनताले तपाईंप्रति देखाएको उत्साह र माया मतमै परिणत हुन्छ भन्ने के ग्यारेन्टी छ ?

बाराका जनताले अहिलेसम्म इमान्दार नेता नै पाएनौं भन्दै हुनुहुन्छ। राजनीतिक व्यवस्था त बदलियो तर जनताको अवस्था भने बदलिएन भन्ने गुनासो छ। त्यसैले जनताको अवस्था बदल्न सक्ने इमान्दार नेतालाई नै भोट दिन्छौं भनेर उहाँहरूले भनिरहनुभएको छ। जनताले खोजेको त्यो इमान्दार नेताका रुपमा म प्रस्तुत भइरहेका कारण जनताले अमूल्य मत दिन्छन् भन्नेमा विश्वस्त छु।   

अन्य दुई निर्वाचन क्षेत्रमा जस्तो रास्वपाको चर्चा बारा २ मा देखिँदैन। यहाँ रास्वपा चौथो वा पाँचौं नम्बरमा छ भन्ने पो चर्चा छ ?

म यसमा बिल्कुलै सहमत छैन। हुन त जनताले घण्टी छापलाई मत हाल्ने कुरा बाहिर त्यतिधेरै बोलिरहेका छैनन्, यो सत्य पनि हो। तर, उनीहरूको भित्री मनमा भने एसपी खरेल र घण्टी छाप नै बसेको छ।

चुपचाप घण्टी छाप भन्ने नारा नै यो क्षेत्रभरी चलिरहेको छ। अनौठो नमान्नु होला, गोप्य मतदानमा रमेश खरेल अत्याधिक मत ल्याएर जित्छ। तपाईंहरू ढुक्क भएर बस्नु होला।  

त्यसो भए यहाँ रास्वपाको मुख्य प्रतिस्पर्धामा को रहन्छ होला ?

मैले त मेरो प्रतिस्पर्धी कोही देखेको छैन। किनभने मतान्तर नै धेरै भएपछि त्यसलाई के प्रतिस्पर्धी भन्ने। दुई चार हजार मात्रैको मार्जिन भए पो प्रतिस्पर्धी भन्ने। यहाँ त रास्वपा १० हजारभन्दा बढी मतान्तरले चुनाव जित्दैछ। 

तपाईंका चुनावी एजेन्डाहरू के–के छन् त ?
सुशासन र सुरक्षा मेरा प्रमुख एजेन्डा हुन्। त्योसँगै कृषि, शिक्षा र स्वास्थ्य अनि भौतिक पूर्वाधार पनि हुन्। यहाँका किसानले समयमा मल पाइरहेका छैनन्। खेतमा सिँचाइको प्रबन्ध छैन। उत्पादित फसलहरूले बजार भाउ पाइरहेका छैनन्। यी सबै सम्बोधन गर्न म कटिबद्ध भएर लाग्नेछु।  

चुनाव खर्चिलो र भड्किलो बन्दै गएको छ, गाह्रोसाह्रो परेको छैन ? 
मैले चुनावमा भोजभत्तेर वा पैसा बाड्ने काम बिल्कुलै गरेको छैन। चुनावमा लाग्ने सामान्य खर्चको जोहो गर्न क्राउड फन्डिङ पनि गरिरहेको छु।

एनएमबी बैंकमा खाता खोलेर रमेश खेरललाई जिताउन इच्छुकहरूले त्यो खातामा स्वस्फुर्त रूपमा ५ सय, १ हजार, २ हजार, ५ हजार रुपैयाँ हालिरहेका छन्। त्यही फन्डबाट अति आवश्यक खर्च गरिरहेको छु।

- प्रस्तुति : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.