वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन किसानको आग्रह

वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन किसानको आग्रह
वीरगन्जमा उद्योगमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै पर्साका अगुवा किसान। तस्बिर : क्रान्ति शाह।
सुन्नुहोस्

वीरगन्ज : पर्साका किसानले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसँग माग गरेका छन् । 

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उद्योगमन्त्री रिजाललाई वीरगन्जमै भेटेर जिल्लाका अगुवा किसानहरुले वीरगन्ज चिनी कारखाना सन्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धी र उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको नेतृत्वमा वीरगन्ज आएका किसानहरुले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

तीन जिल्लाका किसानको उखु खरिद गर्दै आएका र हजारौंलाई रोजगारी दिंदै आएको चिनी कारखाना २० वर्षदेखि बन्द रहँदा किसान मारमा परेको र जिल्लामा बेरोजगारी बढेकोले उक्त कारखाना सन्चालन गर्न अगुवा किसानहरुले मन्त्री रिजालसँग आग्रह गरेका छन्। 

बन्द चिनी कारखाना सञ्चालनमा आए जिल्लाका किसानहरुको खुशीको दिन फेरि फर्किने र हजारौं बेरोजगारले रोजगारी पनि पाउने भएकाले यसका लागि गम्भीरताका साथ पहल गरिदिन उनीहरुले मन्त्री रिजाललाई आग्रह गरे । 

२० वर्षदेखि बन्द रहँदा कारखानाका भौतिक संरचनाहरु जीर्ण हुँदै गएको र त्यहाँ रहेका उपकरण लगायतका अन्य सम्पतिहरु चोरी पनि भइरहेकाले त्यसको संरक्षणका लागि पनि उनीहरुले मन्त्री रिजाललाई आग्रह गरे । 

पर्सा जिल्लाले पहिलोपटक उद्योगमन्त्री पाउँदा जिल्लाका किसानहरु निक्कै उत्साहित भएको भन्दै किसान हकहित संघर्ष समितिका अध्यक्ष गद्धीले भने, ‘अरु समय अरु जिल्लाका उद्योगमन्त्री बन्थे। उनीहरुले खासै चासो देखाएनन् । अब त आफ्नै जिल्लाका सांसद रिजाल उद्योगमन्त्री बन्नु भएको छ। यसले चिनी कारखाना अब चल्छ भन्ने आश किसानहरुमा पलाएको छ ।'
 
ज्ञापनपत्र बुझ्दै  उद्योगमन्त्री रिजालले चिनी कारखाना सन्चालनका लागि आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिक्रिया दिए । उनले भने, ‘चुनौती त छ तर म पनि चाहन्छु मेरो आफ्नै जिल्लाको कारखाना जसरी पनि चलाउनुपर्छर। यसका लागि विज्ञहरुसंग छलफल गरेर आवश्यक प्रकृया अगाडि बढाउँछु ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.