जनश्वास्थ्य प्रयोगशाला स्थापना
ढल्केवर(धनुषा) : धनुषाको बटेश्वर गाउँपालिकामा जनश्वास्थ्य प्रयोगशालाको स्थापना गरिएको छ।
गाउँपालिकाको समन्वयमा संरचना तयार पारिएकोमा मधेस प्रदेश सरकारले प्रयोगशाला मेसिन प्रदान गरेको थियो।
मंगलवार बटेश्वर गाउँपालिका–४ स्थित रहेको स्वास्थ्य चौकीमा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादव, प्रादेशिक जनश्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. श्रवण कुमार मिश्र र बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले संयुक्त रुपमा प्रयोगशाला सेवा शुभारम्भ गरे।
गाउँपालिका अध्यक्ष महतोले स्वास्थ्य क्षेत्रको समस्यालाई मध्यनजर गर्दै मधेस सरकारबाट प्राप्त भएको उपकरणलाई जडान गरी सञ्चालन ल्याएको बताए। यसले यो पालिकासँगै यस भेगका जनता लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।
प्रयोगशाला सेवा शुभारम्भ भएसँगै जनताको स्वास्थ्य अवस्थालाई सुलभ र सहज बनाउनका लागि प्रयोगशालामा स्वास्थ्य सम्बन्धी सम्पूर्ण चेकजाँच नियमित रुपमा हुने स्वास्थ्यकर्मी अशोक यादवले बताए।