प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गर्दै परराष्ट्रमन्त्रालय

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गर्दै परराष्ट्रमन्त्रालय
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख अन्तिम साता भारत भ्रमणमा जाने भएका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालको विदेश भ्रमण भारतबाट सुरु हुन लागेको हो। 

यो भ्रमण तीन दिनको रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। अहिले मन्त्रालय त्यसै भ्रमणको तयारीमा जुटेको छ। प्रधानमन्त्री दाहालले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन्। यद्यपि मिति भने बिहीबारसम्म सार्वजनिक गरिएको छैन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको स्रोतले बतायो। सोही अनुरुप परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन्।

भारतमा निर्वाचन पनि हुने भएकाले वैशाख २८ पछि नै प्रधानमन्त्रीको भ्रमण हुन सक्ने बताइन्छ। किनभने मे १० तारिखमा भारतको कर्नाटकमा चुनाव छ। मे १९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनका लागि विदेश भ्रमणमा जाँदै छन्। त्यसैले पनि मे ११ देखि १८ को बीचमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय हुने भएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले विभिन्न विज्ञ र सरोकारवालाहरूसँग छलफल गरिरहेका छन्। यसैबीच सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीको भारत भ्रमणमा के कस्ता एजेन्डा उठाउन सकिन्छ भन्नेबारे सबै मन्त्रालयमा सामान्य छलफल भइरहेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा निश्चित छ। मिति तय भइसकेको छैन। भ्रमणमा जाँदा के कस्ता विषयहरूमा छलफल गर्ने भनेर मन्त्रालयहरूबाटै तयारी गरेर मन्त्रिपरिषद्बाट निर्णय भएर नै छलफलका विषयहरू छनोट हुने हो,।’ 

पुस १० गते प्रधानमन्त्री बनेका दाहाल आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने चाहनामा थिए। यसबीचमा चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’ का लागि निम्तो आउँदा पनि दाहाल त्यसतर्पm सहभागी हुने चासो देखाएनन्। 

दाहालले दोस्रोपटक विश्वासको मत लिएपछि भारत भ्रमण गर्ने आफ्नो इच्छालाई तीव्रता देखाएका थिए। जसका लागि भारत भ्रमणका लागि तत्कालको सम्भावना के कस्तो छ भनेर बुझ्न नेपाली राजदूत शंकर शर्मा फागुन अन्तिम साता काठमाडौं आएका थिए। राजदूत शर्माले प्रधानमन्त्री दाहाल र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटेर भ्रमणका विषयमा तयारीमा रहनका लागि भनेका थिए। यद्यपि तिथिमितिका विषयमा भने कुनै कुराकानी नभएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको थियो। त्यतिनैबेला प्रधानमन्त्रीले भारत भ्रमणका लागि आवश्यक थप गृहकार्यमा जुट्न राजदूत शर्मालाई आदेश दिएका थिए।

दाहाल प्रधानमन्त्रीका रूपमा यसअघि दुईपटक भारत भ्रमणमा गइसकेका छन्। दाहाल पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतको भ्रमणको निमन्त्रणा पाए पनि उनि भारत नगइ बेइजिङ पुगेका थिए। बेइजिङमा भइरहेको ओलम्पिक समापन कार्यक्रममा गएका थिए। उनी फेरी बेइजिङबाट फर्केलगत्तै औपचारिक भ्रमणका लागि भारत गएका थिए। दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए।

दाहालको भारत भ्रमणका क्रममा दुई मुलुकबीच उठ्न सक्ने भारतले नेपाललाई महेन्द्रनगरबाट प्रवेश गर्ने गरी हवाई रुट दिने सम्भावना लगायतका विषय र एजेन्डाका बारेमा अन्य मन्त्रालयहरू सँग पनि छलफल भइरहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले खेस्राको रुपमा तयार गरिएका एजेन्डाअन्तर्गत, ऊर्जा सम्झौता, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दुईतर्फी बनाउने प्रस्ताव, १३६ किलोमिटर लामो काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), डिजिटल पैसा तिर्ने ई–वालेटलगायत विषयमा छन्।’ अहिले माथिका विषयमा अध्ययन गर्ने र कार्यक्रम बनाउने तयारी भइरहेकोे छ। 

अधिकारीले अगाडि भने, ‘एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ। भ्रमण हुन्छ। केही दिन अगाडि पछाडि जाला त्यत्ति हो। एजेन्डा पछि मात्र मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति घोषणा गर्छ।’ भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय भने नेपालले भारत भ्रमणका क्रममा उठाउन सक्ने एजेन्डाका विषयमा पहिलेनै सम्बन्धित क्षेत्रलाई जानकारी दिनुपर्ने बताउँछन्। ‘सुरक्षाका हिसाबले पनि एजेन्डा सार्वजकिीनकरण गर्नमा चुनौती हुन सक्छ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.