कर्णालीको मन्त्रिपरिषद् पूर्ण

कर्णालीको मन्त्रिपरिषद् पूर्ण
कर्णालीका नवनियुक्त मन्त्रीहरू बिहीबार पद तथा गोवपनीयताको शपथ ग्रहण गर्दै।  बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा मन्त्रिपरिषद्ले बिहीबार पूर्णता पाएको छ। यसअघि एमाले सरकारबाट बाहिरिएपछि काँग्रेस सरकारमा सहभागि भएको हो। बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषद्मा कांग्रेसका तीन र माओवादीका एक मन्त्री थपिएका छन्।

नवनियुक्त चारै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। कांग्रेसबाट जाजरकोटका वेदराज सिंह आर्थिक मामिला तथा योजनामन्त्री, सुर्खेतका खड्गबहादुर पोखरेल सामाजिक विकासमन्त्री र दैलेखका कृष्णकुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्। यस्तै माओवादीबाट डोल्पाकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

कर्णालीमाा मन्त्रालयको संख्या पनि आठ बनाइएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट टुक्राएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो। यसअघि एमाले र माओवादीको गठबन्धन सरकार हुँदा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो। भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाइएको छ। कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन्। यस्तै माओवादीबाटै मंगलबहादुर शाही भौतिक विकास र कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। 

एउटा निर्वाचन क्षेत्रका सबै सांसद मन्त्री

सुर्खेतको क्षेत्र नं १ बाट निर्वाचित तीनै जना सांसदहरू मन्त्री बनेका छन्। गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पुर्णबहादुर खड्का संघीय सरकारमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधान तथा रक्षामन्त्री बनेका छन्। यस्तै सुर्खेत क्षेत्र नं. १ कै प्रदेशसभा (क) बाट प्रदेशसभामा निर्वाचित सांसद खड्गबहादुर पोखरेल कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका हुन्।

उनी नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति हुन्। यस्तै सुर्खेत क्षेत्र नं. १ कै प्रदेशसभा (ख) बाट निर्वाचित माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्। 

नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले संघिय सरकारमा नेपाली कांग्रेसको नेतृत्व दिएर पुर्णबहादुर खड्कालाई उपप्रधानमन्त्री दिएर पाटीले न्याय गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.