मुस्ताङमा लेक लागेर फेरि दुई जनाको मृत्यु

मुस्ताङमा लेक लागेर फेरि दुई जनाको मृत्यु
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा बस चालक र अर्का एक भारतीय पर्यटकको मृत्यु भएको छ। 

उनीहरूको मुस्ताङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

भारतीय पर्यटक लिएर मुक्तिनाथ दर्शनका लागि आएको ग १ ख ८८५७ नम्बरको बसका चालक धादिङको नीलकण्ठ नगरपालिकाका  ४२ वर्षीय कपिन खाँड ठकुरीको ह्रदयघातका कारण मृत्यु भएको हो। 

उनी भारतीय पर्यटक लिएर जोमसोम आएको र पर्यटकलाई होटलमा छाडेपछि छाति दुखेको बताएका थिए। त्यसपछि उनलाई बिहिबार साँझ मुस्ताङ अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए। 

बसका चालक ठकुरीलाई ब्लड प्रेसरको समस्या रहेको उनले बताए। उनी भारतीय पर्यटक लिएर पहिलो पटक मुस्ताङ आएको बताइएको छ। उच्च उचाइको क्षेत्रमा आउँदा प्रेसरको थप समस्या देखिएको थियो।

शुक्रबार पनि फेरी एक भारतीय पर्यटकको लेंक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको आन्ध्र प्रदेश गान्धि नगर बिजय बस्ने ६६ वर्षीय मझौला लक्ष्मी नसिंह रावको मुस्ताङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले जनाए।

भारतबाट सामूहिक रुपमा मुस्ताङ आएको भारतीय पर्यटकको टोली बिहीबार मुक्तिनाथ दर्शन गर्न पुगेको थियो। उनलाई मुक्तिनाथ दर्शन गर्ने क्रममा लेंक लागेर बिरामी परेका थिए। त्यसपछि अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.