पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुन्नुहोस्

रामपुर : पाल्पाको तिनाउ गाउँपालिका-३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। 

गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु१ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु७७प १९६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.