महोत्तरीको गौशालामा एक महिलाको मृत्यु

महोत्तरीको गौशालामा एक महिलाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

घरायसी विवादको कारण साहले विष सेवन गरेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

महोत्तरी : महोत्तरीको गौशालामा एक महिलाको मृत्यु भएको छ। गएराति गौशाला नगरपालिका ४ रजखोरकी २७ वर्षीया आशा साहको बर्दिबासस्थित एक निजी स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो।

घरायसी विवादको कारण साहले विष सेवन गरेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

प्रहरीले घटना भएलगतै मृतकका श्रीमान उमेश साहलाई सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएइको छ।  मृतकको शव पोष्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

६ वर्ष पहिले मृतक युवतिको गौशाला ४ रजखोरका उमेश साहसँग समाजिक परम्पराअनुसार विवाह भएको थियो। मृतकको ३ वर्षीया छोरी र ७ महिनाका एक छोरा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.