कोसी प्रदेशमा दुर्घटनामा परेर ३ जनाको मृत्यु

कोसी प्रदेशमा दुर्घटनामा परेर ३ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक रंगेली–६ का अन्दाजी ४० वर्षीय अजय मण्डल गम्भीर घाइते भएका छन्।

विराटनगर : कोसी प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर २ जना घाइते भएका छन्। 

कोसी प्रदेशका खोटाङ, मोरङ र सुनसरीमा शुक्रबार दुर्घटना भएको प्रहरीले जनाएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–४ कुलाभन्ज्याङस्थित सडकमा दिक्तेलबाट खोटाङ बजारतर्फ जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट लडेर १ जनाको मृत्यु छ। बसबाट ओर्लने क्रममा राति ९:३० बजेतिर लडेर जन्तेढुंगा गाउँपालिका–३ आरुबोटेका ३८ वर्षीय दिनेश राईको मृत्यु भएको कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए। 

बसको ढोकाबाट लडेर राई गम्भीर घाइते भएका थिए। उपचारका क्रममा स्वास्थ्य चौकी खोटाङ बजारमा शनिबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको एसपी महतोको भनाइ छ। उनका अनुसार दुर्घटनालगत्तै बसका चालक हलेसीतुवाचुङ नगरपालिका–१ का अन्दाजी २३ वर्षीय मनोज कार्की फरार बनेका छन्। फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै, मोरङको रंगेली नगरपालिका–७ बक्राहा खोलास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २३ प ७२४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ९ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार रंगेली–८ दर्बेसाका अन्दाजी २७ वर्षीय रविन ऋषिदेवको मृत्यु भएको छ। 

गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक रंगेली–६ का अन्दाजी ४० वर्षीय अजय मण्डल गम्भीर घाइते भएका छन्। उपचार सम्भव नभएको भनेर रंगेली अस्पतालले रेफर गरेपछि उनलाई थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ। 

मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

यसैबीच, कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १७ प ९०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। 

प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय हेमचन्द्र लिम्बूको मृत्यु भएको छ। गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा दिउँसो ४ बजेतिर मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी–३ का ३३ वर्षीय जितेन याख्खा घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.