झापाको कचनकवल गाउँपालिकामा आइतबार स्थानीय बिदा

झापाको कचनकवल गाउँपालिकामा आइतबार स्थानीय बिदा
सुन्नुहोस्

गाउँ कार्यपालिकाको गत चैत २६ गते बसेको निर्णय अनुसार आइतबार कार्यपालिकाको कार्यालय तथा गाउँपालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाभित्र बसोबास गर्ने मुस्लिम समुदायहरूको महान् पर्व इदउल फित्रको अवसरमा गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो। 

गाउँ कार्यपालिकाको गत चैत २६ गते बसेको निर्णय अनुसार आइतबार कार्यपालिकाको कार्यालय तथा गाउँपालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

मुस्लिम धर्मावलम्बीले एक महिना लामो रमादान पर्व (रोजा) पूरा गरी आज इद पर्व मनाइरहेको छ। इदको सार्वजनिक बिदा शनिबारका दिन परेकोले गाउँपालिकाले आइतबार पनि बिदा दिइएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.