निर्वाचन आचारसंहिता अनुगमन समितिले सोध्यो कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टिकरण
तनहुँ : जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ।
मौनअवधि सुरू भइसकेपछि अर्थात् बैशाख ७ गते राति मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी परेपछि नेपाली कांग्रेसका उम्मेदबार भट्टराईला स्पष्टिकरण सोधेको समितिले जनाएको छ।
समितिले उनलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधिमार्फत् उपस्थित भएर स्पष्टिकरण पेश गर्न भनेको छ।