पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, ३५ घाइते

पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, ३५ घाइते
सुन्नुहोस्

मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाकी अन्दाजी ३६ वर्षीया राधिका पौडेल रहेकी प्रहरीले जनाएको छ ।

तानसेन : आइतबार बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तानसेन बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका वडा नं ५ जोरधारामा दुर्घटना भएको छ । दुर्घटनामा  परी एक जना महिलाको  उपचारको क्रममा मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाकी अन्दाजी ३६ वर्षीया राधिका पौडेल रहेकी प्रहरीले जनाएको छ । 

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज  प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र अन्यको हात, खुट्टा, टाउको छातीमा चोटपटक लागेको कलेजका मेडिकल सुपरिटेनडेन्ट राजु शाक्यले बताए।  

बस तीव्र गतिमा रहेको, मोडमा साइड नकटेको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । 

बस सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरी, नेपाली सेना, शशस्त्र र स्थानीयवासीहरु जुटेर तत्काल घाइतेको उद्धार गरी लुम्विनी मेडिकल कलेज पठाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.