चित्रबहादुर केसीको चुनावी खर्च १८ लाख

चित्रबहादुर केसीको चुनावी खर्च १८ लाख
फाइल तस्बिर।
सुन्नुहोस्

बागलुङ : सांसद चित्रबहादुर केसीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्  । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा गरेको खर्च विवरण आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हु। निर्वाचनमा केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च  गरेको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए । 

केसीले मतदाता नामावली खरिद,छपाई र फोटोकपीमा ९० हजार,सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, प्रचारप्रसार सामग्रीमा २ लाख १० हजार,सामग्री ढुवानीमा २० हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको खर्च विवरणमा उल्लेख छ।

यस्तै, कार्यालय संचालनमा २ लाख, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय तथा छापा (प्रचारप्रसार) ४० हजार,  सामाजिक सञ्जाल १० हजार र विविध खर्च १ लाख ३४ हजार रुपैयाँ देखाइको छ । निर्वाचन प्रतिनिधि सुवेदीले निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ तथा निर्वाचन आयोगद्वारा स्विकृत निर्वाचन आचार संहिता बमोजिम केसीको निर्वाचन खर्च विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको बताए । 

उनले निर्वाचन आयोगले बैशाख १२ गतेसम्म निर्वाचन खर्च विवरण पत्रकार सम्मेलन वा स्थानीय तहका कार्यालयमा सार्वजनिक गरिनुपर्ने जनाएकोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको बताए । निर्वाचन प्रतिनिधि सुवेदीले पार्टी कमिटी र विदेश र स्वदेशमा रहेका पार्टीका कार्यकर्ताबाट सहयोग संकलन र केसीको परिवारको सहयोगबाट निर्वाचन खर्च व्यवस्थापन गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.