बारामा उपेन्द्र यादवले कटाए १२ हजार मत, कसको कति ?
कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार मत कटाएका छन्। पछिल्लो मतपरिणाम अनुसार यादवले १२१२२ मतसहित अग्रता लिएका हुन्।
त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ७६९३ मत ल्याएर दोस्रो स्थानमा छन्। यादवले कुशवाहाभन्दा ४४२९ मतान्तरले अग्रता लिएका हुन्।
यसैगरी एमालेका पुरुषोत्तम पौडेल ४३१० मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल १९४१ मतसहित चौथो स्थानमा छन्।