भ्रष्टाचार छानबिनको बुँदा हटाएको भन्दै आपत्ति

सरकारलाई दिएको समर्थनमा पुनर्विचार हुन सक्छ : लामिछाने

सरकारलाई दिएको समर्थनमा पुनर्विचार हुन सक्छ : लामिछाने
फाइल तस्बिर।

चितवन :  रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दा नउठाए सरकारलाई समर्थनको दिनुको औचित्य नहुने बताएका छन्। मंगलबार बिहान चितवनमा सञ्चारकर्मीसँग उनले सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने बताएका हुन्। 

लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको भन्दै आपत्ति जनाए। ‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ। न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनपर्छ भन्ने बुँदा हट्यो।’ उनले भने,‘सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो।’ 

सभापति लामिछानेले अस्थिरता नहुन राजनैतिक दल सचेत हुनुपर्ने धारणा राखेका छन्। लामिछानेले सरकारले ध्यान दिनपर्ने कुरामा ध्यान दिएन भने समर्थनमा पुनर्विचार गर्ने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.