अहिले प्रतिक्रिया दिने बेला भएको छैन : यादव

अहिले प्रतिक्रिया दिने बेला भएको छैन : यादव
सुन्नुहोस्

उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन।’

कलैया : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् । 

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका बारा क्षेत्र नं. २ उम्मेदवार यादवले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । 

‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन’ यादवले भने ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु । ’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन।’यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए । 

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् । 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.