बारा २ मा उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि
कलैया : बारा क्षेत्र नम्बर २ मा ३५ हजार ३१२ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १५ हजार १८३ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत ल्याएर दोस्रो स्थानमा छन्।
यसैगरी एमालेका पुरुषोत्तम पौडेल ५ हजार २७ मतसहित तेस्रो,राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०९५ मतसहित चौथो स्थानमा छन्।