फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
सुन्नुहोस्

काठमाडौं : नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडानबारे गलत सूचना दिने नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश निषेध गरेको छ। 

सोमबार काठमाडौंदेखि दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा अस्वभाविक आवाज आएपछि फोर्स ल्यान्डिङको तयारी गरिएको थियो। नेपाली आकाशमा केहीबेर होल्ड गरेपछि उक्त विमान भने गन्तव्यमा लागेको थियो। उक्त विमान हिजै राति दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको थियो।

यद्यपि, फ्लाई दुबईका नेपाल प्रमुखले हेडक्वाटरमा गलत सूचना दिएको प्राधिकरणको निष्कर्ष छ। उनीहरूले हेडक्वाटरमा चरा ठोक्किएको सूचना दिए पनि त्यसको आधार नभेटिएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। फ्लाई दुबईले सोमबारै विमानमा चरा ठोकिएको जनाएको थियो।

भुलका अनुसार सो सम्बन्धमा दुई सदस्यीय छानबिन समिति बनाएको छ। एक इन्जियर र पाइलट सम्मिलित समितिले सोमबार भएको घटनाबारे विस्तृत प्रतिवेदन तयार पार्नेछ।

फ्लाई दुबईको विमान भने दुबईमा ग्राउन्डेड गरिएको भुलले जानकारी दिए। 'उक्त विमान अहिले दुबईमा ग्राउन्डेड गरिएको छ। कस्तो खालको घटना भएको हो। सो अध्ययन नभएसम्म विमान ग्राउन्डेड नै रहनेछ,' उनले भने।

उनले नेपाली घटनालाई प्राधिकरणले गम्भीररूपमा लिएको नेपाल र युएई सरकारको द्विपक्षीय सहयोगमा घटनाको सत्य तथ्य पत्ता लगाउने जानकारी दिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.