शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर, उपेन्द्रले २० हजार कटाउँदा शिवचन्द्रको मत कति?
कलैया : जनमत पार्टीका अध्यक्ष शिवचन्द्र कुशवाहाले जसपा अध्यक्ष उपेन्द्र यादवसँगको मतान्तर घटाएका छन्। पाँच हजारभन्दा बढी मतले पछि परेका कुशवाहाले महागढीमाईको मत गणना सुरु भएपछि मतान्तर घटाएका हुन्।
महगढीमाई र पचरौताको मतगणना हुन बाँकी हुदा कुशवाहा पाँच हजार १३ मतले पछि परेका थिए। तर महागढीमाई नगरपालिकाको वडा नं. १ बाट कुशवाहाले मतान्तर साढे दुई हजारमा ल्याएका हुन्।
कुशवाहाको पकड क्षेत्र मानिएको महागढीमाईको २ नं. वडादेखि ६ नं. वडासम्म गणना हुन बाँकी छ। त्यसैगरी पचरौताको १ देखि ९ सम्मको सबै वडाको मत गणना गर्न बाँकी छ।
पछिल्लो प्राप्त परिणामअनुसार यादवले २० हजार ४ सय ६३ प्राप्त गरेका छन् भने कुशवाहाले १७ हजार ७ सय ९८ मत पाएका छन् ।