झापामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

झापामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
सुन्नुहोस्

झापा :  झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कमल गाउँपालिका– २ निवासी पवन सुबेदीको अढाई वर्षीया छोरी चिन्दल सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कमल– २ स्थित भुत्लुङमा मंगलबार बेलुका साढे ४ बजे मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो । यता बस र बसका चालक ३९ वर्षीय दुर्गाबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.